एकैदिन थपिए १९८० कोरोना संक्रमित, काठमाडौंमा कति ?
काठमाडौंं – नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।
काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित पुष्टि हुनेमा ४ सय ५४ महिला र ५ सय ५३ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९ , भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।