चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन हुने मिति सर्वाजनिक

बुधबार, १० मंसिर २०७७

काठमाडौं – चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर निष्कासन (आईपीओ) यही मंसिर १७ गते देखि निष्कासन हुने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्न लागिएको हो ।

मंसिर १७ गतेदेखि निष्कासन गरिने आईपीओ छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गतेसम्म भर्न पाइने छ । कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता प्रति सेयर रु १०० रुपैयाका दरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिदिएको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं।. ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

दोश्रो चरणमा १० प्रतिशत अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी कुल १८,४०,९१० कित्ता सेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्नेछ।

विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम ३०६० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८५ सेयर संस्थापकहरुको रहनेछ ।