महासंघका पूर्वअध्यक्षहरुले सुरु गरे ‘चन्द्र ढकाल हराउ अभियान’

बुधबार, १० मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको ५४ बार्षिक साधारण सभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । सो सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि सोतः अध्यक्ष हुने व्यवस्था भएकाले बरिष्ठ उपाध्यक्षमा चुनावी भिडन्त हुँदैछ । बरिष्ठ उपाध्यक्षका लागि बर्तमान उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान प्यानलै बनाएर प्रतिश्पर्धामा उत्रिएका छन । कोभिड १९ महामारीका बेलामा सर्वसम्बत गरेर भिडभाड कम गर्ने प्रयास गरिएपनि चन्द्र ढकालका कारण सहमति भाँडिएको छ । उनले दम्भ र अहंकारका कारण सहमति भाँडिएको पूर्वअध्यक्षहरुको भनाई छ ।

उनले आफू बरिष्ठ उपाध्यक्ष हुनेभए मात्र सहमति हुने भन्दै अडान राखेपछि सहमति टुटेको थियो । आफू विजयी हुने दाविसहित उनले सहमति तोडेका थिए । उनले आफ्नो अडान नछोडेपछि महासंघका बर्तमार्न अध्यक्ष, भावी अध्यक्ष, निर्वतमान अध्यक्ष र अधिकांश पूर्वअध्यक्षहरुले चन्द्र ढकाल हराउ अभियान चलाएका छन् । उनीहरुले ‘यो पटक किशोर प्रधान अर्को पटक चन्द्र ढकाल’ नारा लिएर खुलेरै अभियान चलाएका छन ।

विवादित छवि भएका पूर्वअध्यक्ष चण्डिराज ढकालको पुछर बनेर चुनाव लडेका ढकाललाई अर्को कार्यकालमा सघाउने भन्दै पूर्वअध्यक्षहरुहरुले यो पटक किशोर प्रधानलाई मतदान गर्न भिडियो सन्देश जारी गरेका छन । महासंघकी बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरु कुशकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान, पद्म ज्योति, रविभक्त श्रेष्ठ, सुरजद वैद्य, आनन्दराज मुल्मीले संयुक्त रुपमा एक भिडियो सन्देज जारी गर्दै यो पटक किशोर प्रधानलाई सहयोग गर्न र अर्को पटक चन्द्र ढकाललाई सहयोग गर्न सबै मतदाताहरुलाई अपिल गरेका छन ।

उनीहरुले चन्द्र ढकालपनि महासंघमा चाहिने र किशोर प्रधान पनि चाहिने भएकाले निर्वाचन पश्चात चन्द्र ढकाललाई महासंघको कार्यसमितिमा ल्याउने प्रतिबद्धतासमेत जाहेर गरेका छन ।

चन्द्र ढकालले चुनाव हार्ने ५ कारणसहितको विशेष सामाग्री केही समयमा सार्वजनिक गर्नेछौं प्रतिक्षा गर्नुहोला ।