फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बुधबार, १० मंसिर २०७७

 

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँ घटेको हो ।

अघिल्लो दिन मंगलबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको छ ।