कबिता : गरिबी

बुधबार, १० मंसिर २०७७

बनझर बगरको तटमा

घामको प्रतापी किरण उग्र छ
बगरले तप तप ओकलेको त्यो धुप
तर
गलाउन सकेको छैन
त्यो धूपले उनलाई

खडेरीका गराहरुझैं
पट पट फुटेर चिरा परेका
उनको एकजोडी नाङ्गा हातहरु
चलिरहेछन एकाम्य
बगरको तातो निर्जीव मनहरुमाथि
अभिलाषाको बिरक्त भारी बोकेर
कठिन जीवनका कान्लाहरु सम्याउन

पटक पटक टालिएको चोलिभित्र
दुईथान कुपोषित स्तनहरुले
उनलाई नै गिज्ययाउंदा पनि
समेट्न नभ्याएपछि
लोलिएका उनका अर्ध नग्न स्तनहरु
दिशाहिन मुद्रामा
उनलाई प्रश्न गर्छन्
हामी जुम्ल्याहालाई ढाक्ने औकात पनि
तिम्रो समाजले तिमीलाई दिएन है…..