प्रतिस्पर्धा चुनावसम्म मात्र हो, त्यसपछि फेरि सबै सँगै हुनेछौ : मोहन श्रेष्ठ

बुधबार, १० मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रीय सदस्य पदका उमेदवार हुन् मोहन श्रेष्ठ । जिल्ला/नगर तर्फबाट खुल्ला केन्द्रीय सदस्यमा उमेदवारी दिएका उनी पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्षसमेत रहेका श्रेष्ठसँग ग्राउन्ड लेभलबाट आएर लामो समय जिल्ला उद्योग वाणिज्य संघमा काम गरेको अनुभव छ । होटल रेस्टुरेन्ट व्यवसायी श्रेष्ठ निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघलाई तल्लो तहदेखि व्यावसायीले भोगेका विभिन्न समस्याहरु सुन्ने चौतारीको रुपमा विकास गर्नुपर्ने बताउँछन ।

पाल्पा उद्योग वाणिज्य संघले निजि क्षेत्रको एउटा छाता संगठन हुदाहुदै पनि विभिन्न सामाजिक विकासका कामहरु गरिरहेको छ । जनप्रतिनिधि नहुदा पनि स्थानीय प्रशासनसँग सहकार्यमा यो संस्थाले शिक्षा, स्वास्थ, पर्यटन र खानेपानीको क्षेत्रमा ठूलो लगानी गरेको थियो । २००९ सालमा स्थापित भएपनी त्यति सक्रिय हुन नसकेको यो संस्था २०२३ सालमा यसका संस्थापक अध्यक्ष भगवतीध्वज प्रधानले पुनः सक्रिय बनाएपछि निरन्तर कृयाशिल छ।

विभिन्न आरोह अबरोह पार गर्दै ५ दशक पुरा गरिसकेको छ। यसले आफ्नो क्षेत्रमा खेलेको महत्त्वपूर्ण भुमिकाकै कारण नेपाल उद्योग वाणिज्य महासंघले यसलाई ‘क’ बर्गको संस्थाको रुपमा वर्गीकरण गरेको छ। यसअघि ३ चोटी भन्दा बढी केन्द्रमा प्रतिनिधित्व गरिसकेको पाल्पा उद्योग वाणिज्य संघले यसपटक पुनः प्रतिनिधित्व हुने आशा सहित मोहन श्रेष्ठलाई सर्बसहमत चयन गरि पठाएको छ ।

केन्द्रमा बरिस्ठ उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगरमा करिब १५ बर्ष भन्दा बढि अनुभव भएका गुणनिधि तिवारीको प्यानलबाट उम्मेद्बारी दिएका श्रेष्ठ विपक्षी प्यानल पनि खराव नभएको बताउछन् । सर्बसम्बत नेतृत्व चयन हुन नसकेपछि प्रजातान्त्रिक पद्धतिमा जानुपरेको र एकतिर लाग्नै पर्ने हुँदा यो प्यानल छानेको उनको भनाइ छ। यसका अलवा चन्द्र ढकालको सबैलाई समेट्ने, सरल स्वभाव, जिल्ला नगरको समस्या बुझ्ने र ग्राउन्डबाट आएको पृष्ठभुमिले नेतृत्वका लागि उपयुक्त भएको उनको ठहर छ। साथै आफ्नो प्यानलमा अनुभवी पाका मान्छेहरुका साथै उर्जावान युवाहरुको संयोजन रहेकाले महासंघको नेतृत्व गर्न उपयुक्त रहेको उनी बताउछन् ।

सानो चिया पसलबाट सुरु गरेर बिस्तारै माथी उठेको, स्पष्ट रुपमा तलदेखी माथिसम्मको समस्या बुझेको, ती समस्याहरुमा लबिङ पैरबी गरेको रव्यवसायीको समस्या समाधानका लागि हरपल आफू तयार भएकाले आफूलार्इ भोट दिनुपर्ने उनको भनाइ छ। त्यसबाहेक अहिलेको नेतृत्वले समयमा व्यवसायीको समस्या नसुनेको, मुद्दाबाट अन्तै डाइभर्ट भएको र ग्रासलेभलसम्म रेस्पोन्स हुन नसकेकाले पनि आफूहरु नेतृत्वमा जानुपर्ने उनी बताउँछन् । महांसंघप्रति पछिल्लो समय डर र भर हट्दै गएकाले हरेक भेगको समस्या समाधान गरी डर र भर सिर्जनाका लागि आफूहरुलाई जिताउन उनी अपिल गर्छन्।

व्यवसायीका अलबा सामाजिक क्षेत्रमा पनि सक्रिय उनी रोटरी क्लब अफ पाल्पा तान्सेनका पूर्वअध्यक्ष हुन् । पर्यटन, यातायात र फेन्सी लत्ताकपडा व्यवसायको समेत अनुभव भएका उनी होटल रेस्टुरेन्ट क्षेत्रमा भने लामो समयदेखि सक्रिय छन् । करिब ३ दशक यसमै बिताइसकेका उनी आफ्नो पछिल्लो पुस्तालाई समेत यसमै लगाउन चाहन्छ्न । बिएचएम सकेका उनका छोरा अहिले आफ्ना बाबुलाई नै सघाइरहेका छन् । ‘विदेशमा इम्प्लोइ हुनुभन्दा यहीँ ओनर हुनुपर्छ’, उनी भन्छन्, ‘विदेश पलायन हुनेलाई रोक्ने र उताको अनुभव हुनेलाई यतै टिक्ने वातावरण बनाउनु अबको हाम्रो कर्तव्य हो।’

‘सेलेक्टेडले भन्दा इलेक्टेडले राम्रो काम गर्छन’, महासंघमा सहमतिको प्रयास असफल भएपछिको प्रसंगलाई जोड्दै उनले भने, ‘त्यस कारण चुनाव हुनुपनि सुखद नै हो ।’ हारजित र प्रतिस्पर्धा जे भएपनि त्यो चुनावको दिनसम्म मात्र हुनुपर्ने र त्यसपछि सबै व्यवसायी एकै ठाँउ आइ व्यवसायीका साझा समस्या समाधानमा हातेमालो गर्दै केन्द्रित हुनुपर्ने श्रेष्ठको भनाइ छ।