नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

बुधबार, १० मंसिर २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थर३४ ०००००१ देखि नं। ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ ।

यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ । १० रुपैयाँको संकेत नम्बर ढर८२ ०००००१ देखि दर४५ ९९९९९९ सम्म को नोट आजैबाट चलनचल्तीमा आएको हो । दुबै दरको नोटमा गर्भनर अधिकारीको हस्ताक्षर रहेको छ । यी नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नं। नेपालीमा वि।सं। २०७६ लेखिएको छ ।

दुबै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै पछिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक बैंक’ लेखिएको छ । पाँच रुपैयाँ नोटको पछाडिको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल छ भने रुपैयाँ १० को नोटमा कृष्णसारको चित्र छ ।