नेपाल इञ्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ

बुधबार, १० मंसिर २०७७

काठमाडौं – नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा न्यौपानेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

रामेछापको मन्थली नगरपालिका ८ का न्यौपाने काठमाण्डौको चण्डोलमा बस्दै आएका थिए । उनलाई उनकै निवास चण्डोलबाट पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

इञ्जिनियरिङ कलेजमा दुई कार्यकालमा आठ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा उनीसहित पाँच जनामाथि अनुसन्धान चलिरहेको छ ।