परिवारका सदस्यको नाममा रहेको सेयर आफ्नो नाममा कसरी ट्रान्स्फर गर्ने ?

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं – नेपाली सेयर बजारमा उछाल आएपछि धेरै लगानीकर्तामा हौसला बढेको छ । धेरैले बैंकबाट सेयर कर्जा लिएर दोश्रो बजारमा लागनी गरिरहेका छन ।

नयाँ र साना लगानीकर्ताले पनि धेरथोर लगानी गरिरहेका छन । प्राथमिक सेयर निष्कासन (आईपिओ) मात्र भरेर बस्ने र दोश्रो बजारमा लगानी गर्न डराउनेहरु पनि अहिले लगानी गर्न हौसिएका छन । आईपीओ भरेर बसेका लगानीकर्ताहरु बजार बढेको बेलामा बेच्ने र आफ्न्तको नाममा रहेको सेयर आफ्नो नाममा ल्याएर आफ्नो पोर्टफोलियो बलियो बनाउने रणनीतिमा छन ।

तर आफन्त, परिवारको सदस्यका नाममा रहेको सेयर कसरी आफ्नो नाममा ल्याउने भनेर उनीहरु अलमलमा परेको देखिन्छ । यदी त्यसो हो भने सेयर ट्रान्स्फर गर्न सजिलो छ ।

आफ्नो परिवारको नाममा भएको सेयर आफ्नो नाममा ल्याउन दुबै जना सम्बन्धित क्यापिटलमा नागरितासहित उपस्थित हुनपर्छ । क्यापिटलले एउटा चिठी बनाइदिन्छ । त्यो चिठी लिएर पुतलीसडकमा रहेको सीडीएससी एण्ड क्लियरिङको कार्यलयमा जाने । सीडीएससीले २ प्रतिशत कमिसन लिएर परिवारको नाममा रहेको सेयर नामसारी गरिदिन्छ ।