त्रिशूलीमा खसेको जिप भेटियो, ३ जनाको मृत्यु
काठमाडौं – आज बिहान मुग्लिननजिक त्रिशूली नदीमा खसेको जिप फेला परेको छ। त्यहाँबाट शव निकाल्ने क्रम जारी रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले बताए ।
घटनास्थलमा रहेका उनले भने, ‘भर्खरै एक महिलाको शव निकालिएको छ, अन्यको निकाल्ने काम जारी छ। म घटनास्थलमै रहेकाले थप कुरा गर्न अहिले सक्दिनँ।’
प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका थिए।
अन्यको शव निकाल्ने क्रम जारी रहेको एसपी गुरुङले बताए।