कविता : रङ्ग रोगन फेर्दा फेर्दै

बिहिबार, ११ मंसिर २०७७

लखेक विश्लेषण ओम आचार्य

कन्याको भारी जीउ

हाम्रो नेपाल
हाम्रो सरकार
कुन्तीले आव्हान गरेर
सूर्य पुत्र कर्ण जन्माउने
जस्ती कुमारी कन्या परिनन्

यो कस्को
समागम हो
यो भारी जिउ
कस्को तृप्ति हो
कस्को सन्तुष्टि हो

यो भारी जिउ
यो भारी जिउको
तृप्तिमा
यो समागमा
मुलुकले कति वटा तन्ना फेर्यो
मुलुकले कति पटक रङ्ग रोगन गर्यो

यो भारी जिउको
पहिचान लुकाउन
परिचय लुकाउन
खोज्दा खोज्दै
कतिवटा तन्ना फेरियो

कति पटक
रङ्ग रोगन गरियो
तर मुलुक को वस्त्र घट्दै गयो
उ अर्धनग्न हुदै गयो
मुलुकको रङ्ग खुइलिदै गयो
मुलुकको रङ्ग हराउदै गयो

र यसरी हामी नाङगीदै गयो
र यसरी हामी खुइलिन्दै गयो
र यसरी हाम्रो रङ्ग हराउदै गयो

र हामी आपस आपसमै नचिन्नै भयौँ
र हामी आपस आपसमै युध्द गर्ने भयौं