सिभिल बैंकले मनायो दशैं बार्षिकोत्सव

बुधबार, १० मंसिर २०७७

काठमाडौं – सिभिल बैंक लिमिटेडले स्थापनाको दशैं बार्षिकोत्सव मनाइएको छ । बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमतिप्राप्त गरी २०६७ मंसिर १० गतेबाट कारोबार सुरु गरेको थियो ।

दश वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको यस बैंकले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो स्थापना दिव िमनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अन्तरगत कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्दता जाहेर गरिएको छ ।

त्यस्तै, बैंकले ‘हाम्रो टिम नेपाल’ नाम संस्थासँगको सहकार्यमा कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्ध गर्ने भएको छ । बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममाआश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सव भचुअल माध्ययमबाट एक कार्यक्रम गरी समापन भएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राजतामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकाय, पत्रकार÷मिडियाकर्मी मित्रहरु, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेका थिए ।