बाह्रबिसेमा कांग्रेस खेलकुद विभागको रक्तदान

शुक्रबार, १२ मंसिर २०७७

बाह्रबिसे – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले बिहीबार यहाँ रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

देशमा कोरोना संक्रमणका कारण रगत अभाव भइ ब्यक्तिले ज्यान गुमाउने अवस्था नहोस् भनेर रक्तदान गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद बिभागका केन्द्रीय अध्यक्ष मोहन बहादुर बस्नेतले जानकारी दिए ।
रक्तदान कार्यत्रमका संयोजक एवम खेलकुद बिभागका केन्द्रीय सदस्य टपेन्द्र बहादुर दर्नालले देशका हरेक अस्पतालमा कोभिड १९ का बिरामीहरु रगत अभावले मृत्यु समेत भएकाले त्यसका समाधान गर्न रक्तदान कार्यत्रmम गरेको बताए ।

उक्त कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी, बाह्रबिसे नगरपालिका – १ का अध्यक्ष कामी शेर्पा, वडा ३ का अध्यक्ष टेक बहादुर भण्डारी, ५ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, सुनकोशी गाउँपालिका ५ का अध्यक्ष देबेन्द्र खड्का लगायतका जनप्रतिनिधि, काँग्रेसका कार्यकर्ता र सर्वसाधारणहरुले रक्तदान गरेको काँग्रेस नेता युधिर पौडेलले जानकारी दिए ।
जम्मा एक सय ३३ जनाले रक्तदान गरेका छन् ।
खेलकुद बिभागले मंसिर ७ गतेबाट १४ गतेसम्म देशब्यापी रक्तदान कार्यक्रम गर्न थालेको छ ।
यसअघि ७ गते ललितपुर भक्तपुर, काठमाडौं, बनेपामा रक्तदान गरेको थियो भने भोलि नेपालगञ्जमा गर्ने जनाएको छ ।