प्रचण्डलाई ‘हेग’ पठाउने अन्तिम तयारीमा प्रधानमन्त्री ओली, माफि नमागे पक्राउ गरिने

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेग पुर्याने धक्की दिएका छन् । जघन्य अपराधी र मानवअधिकार उल्लंघन गरेको ओरोपमा प्रचण्डलाई अन्तराष्ट्रिय अदालत ‘हेग’मा पुर्‍याउने धम्की दिएका हुन् ।

प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको र ओलीसँग असन्तुष्ट अन्य चारजना केन्द्रीय सचिवालय सदस्यहरुले समेत ‍स्वामित्व लिएको प्रस्तावका विरुद्धमा ओलीले लेखेको पत्रमा प्रचण्डलाई हेग पुर्याने उल्लेख छ ।

प्रचण्डको उक्त प्रस्तावमा ओलीलाई भ्रष्टाचारलगायत गम्भीर आरोप लगाइएको थियो। त्यसको प्रतिउत्तरमा ओलीलगायत उनी पक्षधरका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार मध्यरातमा अन्तिम रुप दिएको ४० पाने प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ।

सनिवार उक्त प्रस्ताव केन्द्रीय सचिवालय बैठकमा पेश गर्न तयार गरिएको छ । प्रस्तावमा प्रचण्डले सार्वजनिक रुपमा ‘सशस्त्र विद्रोह’मा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिएको भन्दै दिएको अभिव्यक्तिलाई ओलीले त्यसको प्रमाण भन्न मिल्ने उल्लेख गरिएको छ।

खासगरी ओलीले चितवनको बाँदरमुडे अर्थात प्रचण्डको निर्वाचन क्षेत्रमा १६ वर्षअघि कम्तिमा ४२ जनाको ज्यान जानेगरी गराइएको बस एम्बुसको घटनालाई पनि त्योसँगै जोडिएको प्रस्ताव लेखनमा संलग्न ओली पक्षका एक नेताले बताए।

संयोग, प्रचण्डलाई ‘हेग’ उभ्याउने प्रस्ताव लेखकमण्डलमा रहेका नेता नेम्वाङले प्रतिनिधिसभाका अध्यक्षका रुपमा सरकारलाई फौजदारी मुद्दामा अन्तर्राष्ट्रिय अदालतको विश्वव्यापी अधिकार क्षेत्र स्वीकार गर्ने अभिसन्धि (रोम स्ट्याचुट) मा हस्ताक्षर गर्न आदेश दिएका थिए।

प्रस्तावमा प्रचण्डले विगतमा गरेका गतिविधिमा बढी केन्द्रीत छ भने उनीबाट पूर्वएमाले पृष्ठभूमिका नेताहरुलाई अलग्याउन खोजेको संकेत पनि गरिएको छ।