पूर्वराजा र राजावादीलाई डा. भट्टराईको कडा चेतावनी
काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन्।
पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराई अरू जेसुकै दावी गरे पनि आफुलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका हुन्।
उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत बताएका छन्।
उनले नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत राजावादीहरुलाई आग्रह गरेका छन्।
‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ’राष्ट्रवादी’चैं नभनून्१, उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ, सोचून्१’, शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराइले लेखेका छन्।
गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका४खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भाॅचिदा पूरै खाट लड्छ।यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्।चकचके बाॅदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!
— Baburam Bhattarai (@brb1954) November 27, 2020
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न पनि उनले चेतावनी दिएका छन्।
‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून्। चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्१’, उनले लेखेका छन्।
पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!