फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं – सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार भने सामान्य घटेको हो। नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय रुपैया घटेको छ ।

बिहीबार ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। शुक्रबार चाँदीको मूल्य ११ सय ६५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो।