नेकपाको सचिवालय बैठक भोली बस्दै

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि भोली शनिबार बस्दै छ ।

कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्ने छन् ।

यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफुले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।

सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।