अब देखि चार घन्टा अघिनै एर्पोट पुग्‍नु पर्ने

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं – नेपाल एयरलाइन्सले विदेशमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थलमा पुग्न आग्रह गरेको छ।

सामान्य अवस्थामा उडान समयभन्दा तीन घन्टाअघि विमानस्थल पुग्नु पर्ने भए पनि कोभिड(१९ का कारण थप जाँच गर्नुपर्ने भएकाले चार घन्टाअघि नै पुग्नु एयरलाइन्सले आग्रह गरेको हो।

हङकङ, नारिता जस्ता गन्तव्यमा उडान गर्नका लागि टिकट लिएका यात्रुलाई चार घण्टा अघि विमानस्थल पुग्न एयरलाइन्सले आग्रह गरेको छ।