चन्द्र ढकालले जब आफ्नैले धोका दिएको थाहा पाए, तब सातो गयो

शनिबार, १३ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको ५४ बार्षिक साधारण सभाको आज अन्तिम दिन । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेतृत्वका लागि जिल्ला–नगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका व्यवसायी किशोर कुमार प्रधान र एसोसियटबाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदैछ ।

मतभारका आधारमा महासंघमा ५० प्रतिशत हिस्सा ओगट्ने जिल्ला नगर समूणको भुमिका निर्णायक हुने हुँदा दुबै समूहहरु जिल्ला नगर अध्यक्षहरुलाई प्रधावमा पार्न तछाड मछाड गरिरहेका छन । नयाँ बानेश्वरको एभरेष्ट होटेलमा भेला भएका महासंघका भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पूर्वअध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले ७५ प्रतिशत मतसहित प्यानलै विजयी हुने दावी गरेका छन् ।

उत्तः बैठकले प्रदेश १ बाट ८० प्रतिशत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफूले प्राप्त गर्ने निश्कर्ष निकालेको छ । त्यस्तै, बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत म आफ्नो पोल्टामा पर्ने उक्त समूहको दावी छ ।

पछिल्लो समय चन्द्र ढकाल समूहले निकै भरोसा गरेको गण्डकी प्रदेशका जिल्ला–नगर प्रतिनिधिहरुले उनलाई धोका दिएका छन । गण्डकी प्रदेशका ५० प्रतिशत जिल्लानगर अध्यक्षहरु खुलेरै किशोर प्रधानको पक्षमा उभिएपछि चन्द्र ढकालको सातो गएको छ । त्यस्तै, लुम्विनी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरुले खुलेरै सेखर गोल्छा र किशोर प्रधानको समूहमा साथ दिएका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् ।

महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसँग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ ।