नेकपा सचिवालय बैठक सकियो, के–के भयो बैठकमा ?

शनिबार, १३ मंसिर २०७७

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । बैठक पुनः मंसिर १६ गते बस्ने गरी सकिएको हो ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । ‘दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।