महासंघ मतगणना अपडेट : वस्तुगत सदस्यतर्फ १४ जना निर्वाचित, कुन प्यानलका कति ?

शनिबार, १३ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ । खसेको कुल १०५ मतमध्ये २ वटा बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट सात जना सदस्यमा विजयी भएका छन् । यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट पनि सातै जना सदस्यमा आएका हुन् ।

प्रधान समूहबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ अन्तर्गत रहेका अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्।

ढकाल समूहका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ अन्तर्गत रहेका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्।

वस्तुगत उपाध्यक्षको मतगणना पनि सुरु भएको छ ।