चन्द्र ढकाललाई अर्को झट्का, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी
काठमाडौं – बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकाललाई अर्को झट्का लागेको छ । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलका दिनेश श्रेष्ठ निर्वाचित भएपछि ढकाललाई झट्का लागेको हो ।
श्रेष्ठले आफ्ना निकटम प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई हराएर जिल्ला नगर तर्फको उपाध्यक्षमा जित हासिल गरेका हुन्। श्रेष्ठले ५८ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरेका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी तिवारीले ४७ मत ल्याएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट जिल्लानगर तर्फको उम्मेद्वारी दिएका दिनेश श्रेष्ठ धुलिखेल उद्योग बाणिज्य संघको प्रतिनिधि हुन् ।