उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी
काठमाडौं – नेपाल उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । उनले किशोर प्रधानलाइ पराजित गरेका छन् ।
आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ढकालले ६३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाए ।
निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।