आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतबार, १४ मंसिर २०७७

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्य घट्को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैँया र तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैँयामा कारोबार भएको थियो

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण ९कोभिड– विरुद्धको खोप बनेको सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि नेपाली बजारमा पनि घट्दै गएको महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।