युनाइटेड इदि मर्दिको आइपीओ बाँडफाँड हुँदै

आइतबार, १४ मंसिर २०७७

काठमाडौं – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुने भएको छ । अहिले बेलुका ४ बजे आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आईपीओ आइतबार बेलुका ४ बजे क्यापिटलको कार्यालय जमल काठमाण्डौमा बाँणफाँड हुने छ । कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जना आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो सर्वसाधारणमा बिक्रीमा ल्याएको आर्इपीओको ११.६८ गुणा धेरै हो।

कम्पनीको शेयरमा माग भन्दा बढी आबेदन परेकोले न्युन्तम ८१ हजार २७३ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन्।