टिकटक एकाउन्ट खोल्ने वित्तीकै प्रधानमन्त्री केपी शर्मा ओली भाइरल
काठमाडौं – पछिल्लो समय विश्वभर लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो।
आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ। प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए।
टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियोु, उनले भने, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ।ु
ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छु, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।
एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्।
भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्।
@kpsharmaoli_official We are working on service integration digitalnepal