भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन अस्पताल भर्ना
काठमाडौं – संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अस्पताल भर्ना भएका छन् । कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएपछि उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्नसक्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई उपचार गर्नका लागि डेलावेयरस्थित नेवार्क अस्पतालमा भर्ना गरिएको थियो ।
प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको र उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गर्दै जानकारी दिएका छन् । (एजेन्सीको सहयोगमा)