राजतन्त्रको पक्षमा वीरेन्द्रनगरमा प्रदर्शन

बिहिबार, १८ मंसिर २०७७

सुर्खेत – कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले पूर्वराज ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पृथ्वीनारायण शाहको फोटोसहितको ब्यानर बोकेका थिए।

उनीहरुले गणतन्त्र धोका हो, हाम्रो राजा हाम्रो देश, गणतन्त्र मुर्दावाद, राज आउ देश बचाउ जस्ता नारा लगाएका थिए । स्वतन्त्र नागरिक संघर्ष समितिको नाममा प्रदर्शन गरिएको हो ।