मिर्गौला पिडितका लागि सहयोगको अपिल

शुक्रबार, १९ मंसिर २०७७

काठमाडौ– आरोग्य स्वास्थ्य प्रतिस्ठान ललितपुरमा उपचार गराइरहेका काभ्रेका मिर्गौला पीडित राधेश्याम श्रेष्ठलाई सहयोगको अपिल गरिएको छ। मन्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटका ३७ बर्सिय श्रेष्ठको बिगत डेढ बर्षदेखि दुबै मृगौला फेल भएपछी उपचार गराइरहेका थिए ।

हाल पाटन बस्दै आएका श्रेष्ठको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने भएपनि उनको कमजोर आर्थिक स्थितिका कारण त्यो सम्भव हुन सकेको थिएन । कोहि आर्थिक रूपमा बिपन्न भएकै कारण उपचार सम्भव हुँदाहुदै मर्नु नपरोस् भन्ने सोचले सहयोग गर्नका लागि अपिल गरिएको काभ्रेका अभियान्ता गणेश भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार सहयोग गर्न इच्छुकहरुले सनराइज बैंकमा रहेको बिरामि राधेश्याम श्रेष्ठको खाता नम्बर (००७०६२२३२६२०५००१) मा सहयोग रकम पठाउन सक्नेछन् । साथै अन्य जानकारी र सहयोगका लागि तल दिइएका नम्बरहरुमा सम्पर्क समेत गर्न सकिनेछ। सहयोगी दाताहरुको नाम र फोटो दैनिक पारदर्शी रुपमा फेसबुक मार्फत प्रकासन गराईने उनको भनाइ छ । यस्ता बिपत्ति जुन सुकै बेला जो सुकैलाई पनि आइपर्न सक्ने हुँदा सकेको सहयोग गरेर मानबिय सेवामा लाग्न उनी सबैलाई आग्रह गर्छन् ।

सम्पर्क नम्बर
बिरामी राधेश्याम श्रेष्ठ (९८४१२४१४९७)
बिरामी राधेश्याम श्रेष्ठ को श्रीमती कल्पना श्रेष्ठ (९८४३८०२८५०)
अभियान्ता गणेश भन्डारी (९८६९२५४६४८)