के होला आजको नेकपा सचिवालय बैंठक ? प्रचण्ड–नोपालले बनाए पेल्ने रणनीति

शनिबार, २० मंसिर २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवाल बैठक आज बस्दैछ । दिउसो १ बजेका लागि बोलाइएको बैठकलाई लिएर विभिन्न आँकलन गर्न थालिएको छ ।

प्रधानमन्त्रीको आग्रहविपरीत बुधवारको बैठकमा यो मिति तोकिएकाले आजको बैठकले पार्टीका् भविश्यबारे छिनोफानो हुने नेताहरुको भनाई छ । प्रधानमन्त्री सहभागी भएमा सकेसम्म सहमतिमै नभए बहुमतीय प्रक्रियाबाट भए पनि निर्णय गर्नुपर्ने पक्षमा प्रचण्डले अगुवाइ गरेकोबुझिएको छ ।

नेकपाभित्र अविश्वास यतिसम्म चुलिएको देखिएको छ कि प्रचण्डले प्रधानमन्त्रीमाथि संसद् भङ्ग गर्ने, सङ्कटकाल लगाउने, पार्टी फुटाउने अध्यादेशको पक्षमा रहेको जस्ता गम्भीर अभियोग लिखित रूपमै लगाएका छन्।

उक्त कुरा प्रधानमन्त्रीले अस्वीकार गरेका छन्। तर उनका प्रेस सल्लाहकार थापाका भनाइमा प्रधानमन्त्रीले ‘स्वेच्छाचारी निर्णय भएमा भने प्रतिवाद हुने’ लिखित रूपमा बताइसकेका छन् । त्यो भनेको प्रचण्डले गरेको शंकालाई बल पुग्ने अर्थ लाग्छ ।