माधव नेपालले जब ओली विरुद्ध बदला लिए…
काठमाडौं – नेकपा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको बदला लिएका छन् । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेपालले ओलीको बदला लिएका हुन् ।
शनिबार सचिवालय बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले बैठक नटार्न समेत प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिदै बैठकमा आउन कति समय जाहिने हो भनेर प्रश्न गरेका थिए ।
‘बैठकमा जाऊँ, उठेका विषयमा छलफल गरौं। त्यसपछि दोषी को हो, के कमजोरी छन्, छुट्टयाऊँ। त्यसको समाधानको विधि पत्ता लगाऊँ,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘बैठक नटारौं, कति दिन तपाईंलाई समय चाहियो ? दुई दिन, तीन दिन, चार दिन, कति दिन चाहियो, दिन सकिन्छ। तर बैठक सधैंका लागि टार्न सकिँदैन।’
आफूलाई अलग्गै नसम्झिनसमेत प्रधानमन्त्री ओलीलाई नेपालले सुझाएका थिए। उनले आफूहरू सबै समान रहेको भन्दै अरूलाई दास नसम्झिन समेत भनेका थिए।
आफ्नो गल्तीमा आत्मालोचना गर्न र अरूका कुरा सुन्न पनि नेपालले प्रधानमन्त्री ओलीलाई भनेका थिए। पार्टीका निर्णयहरु एकलौटी गरेर किनारामा पारिएको नेपालले ओलीलाई आजसम्मकै कडा जवाफ फर्काएको श्रोतको भनाई छ ।