नेकपा स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । अर्को स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी आजको बैठक सकिएको बैठकपछि नेता देवेन्द्र पौडेलले जानकारी दिए । उक्त बैठकसम्म अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओली शर्मासँग सहमतिका लागि संवाद गर्ने पनि उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागी थिएनन् । शनिबार पनि नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकपछि पार्टी अध्यक्षद्वय ओली र दाहालको प्रस्तावमाथि आज छलफल गर्ने बताइएको थियो ।