स्थायी कमिटी बैठकमा ओलीले पठाएको दुई पन्ने पत्रमा के छ ?

आइतबार, २१ मंसिर २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । दुई पन्ने पत्र पठाउँदै ओली बैठकमा अनुपस्थित भएका हुन् ।

उनले पत्रमा गएको कात्तिक २८ गते सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’ निःशर्त फिर्ता नभएसम्म बैठकमा नआउने बताएका छन्।

उनले विधानविपरित फौजदारी आरोपहरु लगाएर राजनीतिक प्रस्तावका नाममा अभियोग पत्र पेश गरेको र अनाधिकृतरुपमा सबै ठाउँमा वितरण गरेको पत्रमा उल्लेख गरेका छन्। ओलीले पत्रमा स्थायी कमिटी सदस्यहरुले बुद्धिमता पुर्याउनेसमेत विश्वास व्यक्त गरेका छन्।

ओलीले महाधिवेशन नगरेरै पार्टी नेतृत्व परिवर्तन गर्ने र चुनाव नगरेरै सरकार परिवर्तन गर्ने काममा केही नेताहरु लागेकाले पार्टी संकटमा परेको उल्लेख गरेका छन्।