घट्यो सुनको मूल्य, कति छ आज ?

सोमबार, २२ मंसिर २०७७

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।