साइबर क्राइम आरोपमा दुईजना पक्राउ

सोमबार, २२ मंसिर २०७७

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले दुईजनालाई ललितपुर र कास्कीबाट पक्राउ गरेको छ।

सूचना प्रणालीमा अनधिकृत पहुँचमार्फत भ्रामक सन्देश फैलाएको आरोपमा ब्यूराले ललितपुरको महालक्ष्मी नगरपालिका(९ का विवेक महर्जन र पोखराका १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

उनीहरूले अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा पहुँच पुर्‍याएर विद्युतीय अपराध गरेको ब्यूरोको दाबी छ।

ब्यूरोले विशेष अप्रेसन ‘ह्याकर हन्ट’ चलाइरहेको छ।