ओलीलाई अर्को झट्टा !
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को झट्टा लागेको छ । उनको गुटमा रहेका नेताहरुले साथ छोडेपछि ओलीलाई झट्का लागेको हो ।
पछिल्लो समय देखिएको विवादमा अध्यक्ष ओली अस्वभाविक अडान लिएर बैंठकमा समेत सहभागी नभएपछि उनी निकटका नेताहरु उनको साथ छोड्न थालेका छन् । उनलाई साथ दिइरहेका नेताहरु इश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदिप ज्ञवाली लगायतका नेताहरुले साथ छोडेका हुन् ।
यसको उदाहरण हो, आइतबार धूमवाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक । नेकपा स्थायी कमिटी बैठकमा ओली आफू उपस्थित भएनन् । त्यहाँ उनले ईश्वर पोखरेलमार्फत् एउटा चिठी पठाएका थिए ।
ओलीले कुनै पनि औचित्य नभएको स्थायी कमिटी बैठक भनिरहँदा ओलीनिकट नेताहरु सुवास नेम्वाङ, पोखरेल, प्रदीप ज्ञवालीलगायत चाहिँ स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।
‘यसले प्रष्ट देखाउँछ, ओली अब एक्लिएका छन्,’ माधव नेपालनिकट एक केन्द्रीय सदस्यले भने, ‘यदि ओलीले अहिले लिएको अडान सही थियो भने स्थायी कमिटी बैठकमा उनको समर्थनमा रहेका नेताहरु उपस्थित नै हुने थिएनन् ।’
उनका अनुसार अब नेकपामा ओली थप एक्लिएका छन् । ‘नत्र उहाँले लिएको अडानलाई उहाँका सारथीहरुले साथ दिनु पथ्र्यो,’ ती नेताले भने, ‘कसैले पनि साथ नदिएकाले ओली एक्लिएको प्रष्ट बुझिन्छ ।’