घरजग्गा बेचेर श्रीमती अर्कैसँग टाप, श्रीमान्ले गरे आत्महत्या
काठमाडौं – नाम हरि वाग्ले । घर चितवनको भरतपुर । खाडी मुलुक कतार पसिना चुहाएर परिवार पाल्नु उनको बाध्यता ।
घरमा थिए श्रीमती र एक छोरो । उनीहरुको भविश्यका लागि भन्दै काम गर्न कतार पुगेका वाग्ले अव कहिल्यै नफर्किने गरी विदा भएका छन् । उनले कतारमै मंसिर दोस्रो साता आत्महत्या गरेर यो संसारबा विदा भएका हुन् ।
आत्महत्याको पछाडि पत्नीको विवाहेत्तर सम्बन्ध र मानसिक टर्चरको भूमिका रहेको परिवारले आरोप लगाएको छ । एक वर्षअघि बिदामा घर आएका वाग्लेले श्रीमतीको दवावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिएका थिए । त्यही नामसारी गरेकै कारण उनले प्रदेशमा आफ्नो प्राण त्याग्न पर्यो ।
वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई टर्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरिन् । परपुरुषसँगको फोटो देखेपछि हरिले सोधे, ‘घरजग्गा तिम्रो नाममा गरेको छु, म यहाँ पसिना बगाउँदै छु किन परपुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरेको ?’
श्रीमानको यो कुरा गरेपयिछ श्रीमती निहुँ खोज्न थालिन । श्रीमतीको अश्लील गाली र मानसिक टर्चर सहन नसकेपछि हरिले कतारमा आत्महत्या गरे । परिवारको सदस्य अहिले उनको शव ‘कहिले नेपाल आउला’ भनेर प्रतिक्षा गरिरहेका छन् ।
भरतपुर महानगरको घरजग्गा र लामो सयमदेखि कतारबाट श्रीमानले पठाएको पैसा लिएर श्रीमती पराईसँग हिँडिन्। उनीहरुको एउटा छोरा छ । छोरालाई दिदीको घरमा राखिन् । सो कुरा थाहा पाएपछि हरिले संसारबाट बिदा हुने निर्णयमा पुगेको परिवारको दावी छ । परिवारसँग उनले फोन मा बारम्बार भन्थे, ‘श्रीमतीले मानसिक तनाव दिइरहेकी छिन् ।’