पैसा ठिक पार्दै गर्नुहोस्, नौ अर्बको आइपीओ आउँदैछ

बुधबार, २४ मंसिर २०७७

काठमाडौं – चार कम्पनीको ९ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ आउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, न्यादी हाइड्रो पावर कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाले आइपोओको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोड पुगेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर १९ गते निवेदन दिएको हो । उक्त कम्पनीको एनआइबीएल एस क्यापिटल बिक्रि प्रबन्धकमा रहेको जनाएको छ । ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ । ज्योतिको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

त्यस्तै महिला लघुवित्त वित्तिय संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको छ । उक्त संस्थाको बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ठूलो राशीको आईपीओ निकाल्ने तयारीमा रहेको जनाएको छ । त्यस्तै, न्यादी हाइड्रो पावरले पनि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो।