ओली– प्रचण्डबीच भेटवार्ता सकियो, के भयो सहमति ?
काठमाडौं – पार्टी भित्रको विवाद जटिल मोडमा पुगेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बिहान करीब साढे ११ बजे बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पार्टीमा देखिएको विवाद विवाद समाधान लगायतका विषयमा छलफल भएको नेकपा स्रोतले जानकारी दियो ।
प्रचण्ड करीब सवा घण्टा बालुवाटारमा बसेका थिए । उनी करीब पौने १ बजे बालुवाटारबाट बाहिरिए । दुई अध्यक्षबीच सामान्य छलफल भएपनि कुनै निष्कर्ष भने निस्किन नसकेको बताइएको छ ।
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल गर्न नसकिने र त्यस्तो बैठकमा उपस्थित नहुने बताएका थिए । नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेका लागि सरेको छ ।