हवात्तै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार ९३ हजार ४०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ।