प्रचण्ड–नेपालसँग प्रधानमन्त्री ओलीले फेरी निऊँ खोजे…

बिहिबार, २५ मंसिर २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग फेरी निऊँ खोजेका छन् । ओलीले नेकपाको स्थायी समिति बैंठक बोलाइएकै दिन संवैधानिक परिषदको बैठक बोलाएर प्रचण्ड–नेपालसँग निऊँ खोजेका हुन् ।

आगामी मंसिर २८ गते नेकपा स्थायी समिति बैठक बस्दैछ । सोही दिन प्रधानमन्त्री ओलीले संबैधानिक परिषदको बैठक बोलाएर समय जुधाएका छन् । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि प्रधानमन्त्रीले बैठक बोलाइएका हुन ।

मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

स्थायी समिति बैठकलाई पत्र पठाएर आफू उपस्थित नहुने बताइसकेका प्रधानमन्त्री ओलीले सोही समयमा बैठक राखेर प्रचण्ड–नेपाललाई आफ्नो शक्ति देखाउन खोजेको विश्लेषण गर्न थालिएको छ । नेकपाका एक स्थायी समिति सदस्यका अनुसार संबैधानिक परिषदमा नियुक्तिका लागि बार्गेनिङ गर्न संबैधानिक परिषदको बैठक बोलाएको हो ।

‘उहाँले प्रचण्ड नेपालसँग बार्गेनिङ गरेर संबैधानिक नियुक्ती गरिदिने आश्वासन देखाउँदै शंकट टार्न खोज्नु भएको हो ।’ मोटिभेट न्यूजसँग कुरा गर्दै एक स्याथी समिति सदस्यले भने,‘तर कोर्ष धेरै अगाडी बढिसकेको छ । सानातीना आश्वासनले अव केही हुनेवाला छैन् ।’

हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।