७ वर्षकी बालिकाले उचालिन ८० केजीको भारी

आइतबार, २८ मंसिर २०७७

काठमाडौं– ७ वर्षकी बालिकाले भारत्तोलनमा नयाँ इतिहास रचेकी छिन्।

क्यानडा ओटवाकी रोरी भान अल्फत्ले सानो उमेरमै ८० केजी वजन उचालेकी हुन्।

७ वर्षको उमेरमै ८० केजी उचालेपछि उनी ८० केजी उचाल्ने सबैभन्दा कान्छी भारत्तोलन खेलाडी बनेको मार्काले जनाएको छ।

उनी जिम्न्यास्टिकबाट दुई वर्ष अगाडि मात्र भारत्तोलनमा प्रवेश गरेकी हुन्। मार्काका अनुसार उनी विश्वकै बलियो ७ वर्षीया बालिका हुन्।

यो उमेरमा उनकै जति वजन उचाल्ने क्षमता कुनै बालकमा नभएको पनि बताइएको छ।

रोरीले यसअघि अमेरिकाको ११ वर्षभन्दा मुनीको र १३ वर्ष मुनी उमेर समुहको भारत्तोलन प्रतियोगिता पनि जितेकी थिइन्।