मेगा बैंकका अध्यक्ष शाहको शेयर बजार अनुभव, के होला अबको मार्केट ?

आइतबार, २८ मंसिर २०७७

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले शेयर बजार घटबढ हुनुमा धेरै कारणहरु रहेको खुलासा गरेका छन् । उनले बजार घटबढ हुनुमा बैंकको ब्याजदर, राष्ट्र बैंकको मौद्धिक नीतिको त्रैमासिक समिक्षा र सेयर कर्जामा भएको कडाई मुख्य भएको खुलासा गरेका हुन ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शेयर कर्जा खुकुलो भएका कारण शेयर बजारमा उछाल आएको बताउँदै पछिल्लो समय नियामक निकायकै कारण बजार घटेको उनको भनाई छ । ‘शेयर कर्जा बढाएर ७० प्रतिशतसम्म पुर्याएपछि धेरैले कर्जा लिएर दोश्रो बजारमा लगानी गर्नुभयो’ मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘अहिले नेपाल राष्ट्र बैंकले मौद्धिक नीतिको त्रैमासिक समिक्षा गर्दै यसलाई घटाउन सकिने संकेत गरेकाले बजार केही तलमाथि भएको हो ।’

त्यस्तै, बैंकहरुले ब्याजको आधारदर घटाएकाले पनि शेयर बजार बढेको बताए । आगामी दिनमा बजारले नयाँ उचाई लिने उनको भनाई छ । हेर्नुहोस् शेयर बजारका बारेमा मोटिभेट न्यूज डटकमले गरेको कुराकानीको सम्पादित अंश ।