प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ला, कति भर्ने आबेदन ?
काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधरणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) आजदेखि गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये ३ लाख कित्ता शेयर कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
मंसिर २९ गते सोमबारबाट बिक्री खुला गर्ने आर्र्इपीओका लागि पुस २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
आजसम्मको अनुभवका आधारमा प्रतिव्यक्ति १० कित्ता आबेदन दिदा राम्रो हुन्छ । धेरै लगानीकर्ताले आबेदन दिने हुँदा १० कित्ता पर्न पनि मुस्किल हुनेछ ।