गुडिरहेको यात्रुबहाक बसमा आगलागी, कति भयो क्षति ?
तुलसीपुर – गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
आगलागीबाट कुनै मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए ।
आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५÷१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।