निष्काशनको दोश्रो दिन, प्रभु लाईफको आईपीओमा कति पर्यो आवेदन ?

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं – प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको साधारण सेयर निष्काशन आईपीओमा तीन गुणा बढि आवेदन परेको छ । आईपीओ निष्काशनको दोश्रो दिन ३.५३ गुणा बढीको आवेदन परेको छ ।

आज मंगलबार बेलुका ४ः२० बजेसम्ममा ६ लाख ७२ हजार ४ सय ११ जना आवेदकबाट १ करोड ९० लाख ८६ हजार ३ सय ४० कित्ताको आवेदन परेको हो ।

कम्पनीले मंसिर २९ गतेदेखि सर्बसाधारणलाई आईपीओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपीओमा छिटोमा मंसिर २ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।