अध्यादेश अधिनायकवादको सिढी हो : डा. शेखर कोइराला

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संबैधानिक परिषदको कार्यविधि बारे ल्याएको अध्यादेश अधिनायकवादको सिढी भएको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले सामाजिक संजालमा टिप्पणी गर्दै संविधानको मर्म र भावना विपरीत ल्याईएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश तुरुन्तै खारेज गर्न माग गरेका छन् । उनले यो अध्यादेश आफुहरुले भन्दै आएको अधिनायकवादको सिढी भएको बताएका छन् ।

उनले भनेका छन्

संविधानको मर्म र भावना विपरीत ल्याईएको संवैधानिक परिषद सम्बन्धि अध्यादेशू तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो ।