जन्ती गाडी फर्किने क्रममा दुर्घटना, चालक फरार
महोत्तरी – महोत्तरीमा सडक दुर्घटनामा परी आज बिहान एक जनाको मृत्यु भएको छ।
महोत्तरीको मनराशिसवा नगरपालिका ६ जलेश्वर–बर्दिवास सडकखण्डमा बिआर ०५ पी २०२२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार भारत सीतामढी, ग्राम पञ्चायत मुढा बस्ने ३५ वर्षीय राजेश सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
विवाहमा जन्तीको रूपमा आएको गाडी फर्किने क्रममा दुर्घटना भएको थियो।
दुर्घटनापछि चालक फरार रहेको तथा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।