संवैधानिक परिषदको बैठक सकियो, के–के भयो निर्णय ?
काठमाडौं – संबैधानिक परिषदको बैठक सकिएको छ । बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
वैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि ओलीको पार्टी भित्र र बाहिर चर्को विरोध भइरहेको छ । संवैधानिक परिषदको बैठकमा केही निर्णय हुन नसकेपछि प्रधानमन्त्री ओली शीतलनिवास गएको बताइएको छ ।
यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ । बैठकममा प्रधानन्यायधिस चोलेन्द्र समशेर जबराले केही दिन पर्खिन भनेपछि निर्णय नभएको बुझिएको छ ।