संबैधानिक परिषदको बैठकमा नियुक्तिबारे छलफल, को-कसले पाउँदैछन् नियुक्ति ?

बुधबार, १ पौस २०७७

काठमाडौं – राष्ट्रपतिबाट जारी भएको अध्यादेश अनुसार मंगलबार साँझ प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगका पदाधिकारीहरूको नामबारे छलफल गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

‘बैठकमा नामहरूका बारेमा मोटामोटी छलफल भयो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘अब त्यसको फाइनल आज ल्याउने कुरान भएको छ ।’

सबै निकायका पदाधिकारीकोबारेमा छलफल भएकाृ तर यसलाई आजमात्रै मात्र सार्वजनिक गरिने राष्ट्रिसभाका अध्यक्ष गणेशगणेशप्रसाद तिमिल्सिनाले बताए ।

व्यवस्थापिका संसद्को प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी भएनन्।

राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसप्रति नेपाली काङ्ग्रेसले चरम असन्तुष्टि व्यक्त गर्दै मङ्गलवारको परिषद्को दोस्रो बैठकमा सहभागी नहुने जनाएको थियो।

संविधान बमोजिम संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न गठित छ सदस्यीय संवैधानिक परिषद्‌मा सदस्य रहने प्रतिनिधि सभाको उप–सभामुखको पद भने हाल रिक्त रहेको छ।

सभामुख सापकोटाले मङ्गलवार बिहान डाकिएको संवैधानिक परिषद्को बैठकमा नै आफूलाई आवश्यक जानकारी प्राप्त नभएको भन्दै सहभागी नभएको उनका प्रेस विज्ञले एउटा प्रेस नोट जारी गर्दै जनाएका छन्।

प्रेस नोटमा सभामुख सापकोटाले संवैधानिक परिषद्को बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वयको अभावका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि जनाइएको छ।

यसअघि गत मङ्सिर २८ गते आइतवार डाकिएको संवैधानिक परिषद् बैठकमा पनि सभामुख अग्नि सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति नहुँदा गणपूरक सङ्ख्याको अभावमा बैठक बस्न नसकेको बताइएको थियो।